नेपाल राष्ट्र बैंकका दुई महत्वपूर्ण विभाग अब थापाथलीमा स्थानान्तरण हुने भएका छन्।
बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीमा बनेको नयाँ भवनबाट सेवा प्रदान गर्नेछन्।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दिएको जानकारीअनुसार पुस १ गतेदेखि यी विभागका सबै सेवा थापाथलीबाटै सञ्चालन हुनेछ।
स्थानान्तरणपछि थापाथलीको नवनिर्मित भवनबाट ग्राहकले सहज र प्रभावकारी सेवा पाउने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस