चार महिनामा नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र .१ अर्ब ९० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
यो अवधिमा ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपिओ गरी कुल ७ अर्ब ५८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
२०८० कात्तिक मसान्तमा १ हजार ८ सय ५२.०९ रहेको नेप्से सूचकांक २०८१ कात्तिक मसान्तमा २ हजार ७ सय ४८.७९ कायम भएको छ । चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ ।
२०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड रहेको थियो ।गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २६७ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस