Like us!
Follow us!
Connect us!
Watch us!

सरकार परिर्वतनको हल्लाले सेयर बजारमा पहिरोः ५१ अंकले बजार घट्दा ५ अर्ब ९३ करोडको कारोबार

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, १५ : ०९ मा प्रकाशित

सरकार परिर्वतनको हल्लाले सेयर बजारमा पहिरोः ५१ अंकले बजार घट्दा ५ अर्ब ९३ करोडको कारोबार

सेयर बजारमा सोमबार भारी गिरावट आएको छ ।

नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा  बन्द भएको छ । आज बजारमा ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

लामो समयदेखि साइडवेजमा रहेको बजार सोमबार भने ठूलो अंकले घटेको हो । यस दिन कारोबार रकम पनि सामान्य रहेको छ । बजार माथि जान नसकेपछि पुनः तल झरेको हो । विशेषगरी सरकार परिवर्तनको हल्ला चलेपछी सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको  अनावश्यक हलाले लगानीकर्ता अन्योलमा परेका छन् । 

कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।सकारात्मक सर्किट  लागेसँगै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको