आज एकैदिन चार कम्पनीको लाभांश घोषणा भएको छ ।
आज बुधबार विभिन्न क्षेत्रका चार कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका हुन्। आज नेष्डो समृद्ध लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक र सांग्रीला विकास बैंकले लाभांश घोषणा गरेका छन् ।
कसको कति ?
नेष्डो समृद्ध लघुवित्त
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावर
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताका लागी १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।
ग्रीन डेभलपमेन्ट बैंक
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ६.०५२७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको पुष २ गते बसेको सञ्चालक समितिको निर्णयले उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकले ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई ३.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस