गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नगरेको दाबी गर्दै मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने बताए ।
उनले भने,‘लाखौँ गरिब मान्छेको अर्बौ रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँ माथि कुनै अवाञ्छित गतिविधि भएको छैन’ गृहमन्त्री लेखकले दिनभरि काम गरेर, भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भीड जम्मा गरेर न्यायका कुरा गर्ने ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो, मकै पोल्ने ठेला चलाउनेको न्याय खोइ ? उनले प्रश्न समेत गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस