संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्नेछ ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिइडीएडब्लुको आधारभूत सिफारिस नं ३९ सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११ः ०० बजे बस्नेछ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ूदलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमाू संकल्प प्रस्ताव कायान्वयन अनु्गमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने जनाइएको छ । जसका लागि ११ः३० बजे बैठक बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । दुबै समितिको बैठक क्रमशः १ः०० र ११ः३० मा बोलाइएको संसद सचिवालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस