नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई सेयर बिक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ। सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ।
सभाले सेयर सर्वसाधारण बिक्री गर्ने तथा सोको लागि निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षबाट पेश भएको प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस