Like us!
Follow us!
Connect us!
Watch us!

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले २५ लाख कित्ताको सेयर निष्काशन गर्ने

अर्थ संसार

शनिबार, ०६ पुस २०८१, १९ : १५ मा प्रकाशित

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले  २५ लाख कित्ताको सेयर निष्काशन गर्ने

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आफ्नो सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै, यसका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले रु.१०० अंकित दरका २५ लाख कित्तामा सामान्य सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य रु.२५,००,००,००० बराबर हुनेछ। उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष खगेश्वर बोहोराले हस्ताक्षर गरेका छन्। यस सम्झौतामा प्रबन्ध निर्देशक दीपक राज जोशीको पनि उपस्थिति रहेको थियो।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड एक प्रमुख लगानी कम्पनी हो, जसले मुख्यत: जलबिद्युत, पूर्वाधार र उत्पादनशील क्षेत्रहरूमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ। कम्पनीले हाल सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) जस्ता जलबिद्युत परियोजनामा लगानी गरेको छ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडको सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब ५ करोड पुग्ने छ। यसले कम्पनीको पुँजी वृद्धि र जलबिद्युत क्षेत्रका परियोजनाहरूमा थप लगानी गर्ने अवसरको सृजना गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको