Like us!
Follow us!
Connect us!
Watch us!

५० लघुवित्तमध्ये १७ वटाले घोषणा गरे लाभांश, १३ वटाको लाभांश शून्य हुँदा २० वटाको भने घोषणा हुनै बाँकी

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १४ : ३४ मा प्रकाशित

५० लघुवित्तमध्ये १७ वटाले घोषणा गरे लाभांश, १३ वटाको लाभांश शून्य हुँदा २० वटाको भने घोषणा हुनै बाँकी

नेप्सेमा सूचीकृत ५० वटा लघुवित्तमध्ये अहिलेसम्म १७ वटा लघुवित्तले १५ प्रतिशतसम्म लाभांशको घोषणा गरेका छन् । 

१३ वटा लघुवित्तले भने गत वर्षको नाफाबाट कुनै पनि लाभांश नदिने घोषणा गरेका छन् । २० वटा लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ ।

गत आर्थिक वर्षको मुनाफाबाट आरम्भ लघुवित्त, धौलागिरी, ग्लोबल आइएमई, गणपति, हिमालयन, इन्फिनिटी, लक्ष्मी, निर्धन उत्थान, युनिक नेपाल, उन्नती सहकार्य, विजय, विन नेपाल,सीवाइसी नेपालले कुनै पनि लाभांश नबाँड्ने भएका छन् । 

यी बाहेकका अन्य १७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । ७ वटा कम्पनीले १५–१५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । 

आशा लघुवित्त, छिमेक, गुराँस, मिथिला, नेष्डो समृद्धि, नेशनल, स्वावलम्बन लघुवित्तले सो दरमा लाभांश दिने भएका हुन् ।
यस्तै, जीवन विकास, सपोर्ट, फर्वाड, साना किसान लघुवित्तले १४ देखि १४.७४ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।  यता, कालिका लघुवित्तले पनि यो वर्ष १०.७५ प्रतिशत, डिप्रोक्सले १०.५ प्रतिशत, आरएसडीसीले १० प्रतिशत लाभांश दिने भएको हो । 
यी बाहेकका तीन कम्पनीको लाभांश दर एकल अंकमा छ । मेरो माइक्राइनान्सले यो वर्ष ७.८९४७ प्रतिशत,सूर्योदय वोमीले ७ प्रतिशत र फष्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका हुन् ।

यस्तै,सूचीकृतमध्ये लाभांश घोषणा हुन् बाँकी २० वटा लघुवित्तमा आत्मनिर्भर लघुवित्त, अभियान,ग्रामिण विकास, जनउत्थान, मातृभूमि, मानुषी, महिला, महुली लघुवित्त रहेका छन् । 

यस्तै, नाडेप लघुवित्त, एनआइसी एशिया, एनएमबि, नेरुडे, समाज, सृजनशील, स्वरोजगार, समाता घरेलु, स्वाभिमान, सम्पदा, सामुदायिक र उपकार लघुवित्तले लाभांश घोषणा गर्न बाँकी छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको