Like us!
Follow us!
Connect us!
Watch us!

रविमाथि २७ करोड बढी सम्पत्ति शुद्धीकरणको आरोप, निकिताविरुद्ध पनि मुद्दा

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १५ : ४५ मा प्रकाशित

रविमाथि २७ करोड बढी सम्पत्ति शुद्धीकरणको आरोप, निकिताविरुद्ध पनि मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर  भएको छ।

लामिछानेको मात्र २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।सम्पत्ति शुद्धीकरणमा सो रकमको स्रोत नखुलेको भन्दै मुद्दा दायर भएको हो ।

सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको पाइएको सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यसैगरी, पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आइतबार दर्ता गरिएको पुरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर लागेको छ भने ८ कम्पनी र पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ ।

लामिछानेकी पत्नी निकिता पौडेललाई समेत प्रतिवादी बनाइएको छ । पाँच जनालाई उनीहरूको सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। छविलाल जोशीकी पत्नी पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाईं, र दिदी गीता पछाईंको समेत सम्पत्ति जफत गर्न माग गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको