Like us!
Follow us!
Connect us!
Watch us!

भूगर्भ सिमेन्टले आईपीओ जारी गर्ने

अर्थ संसार

बुधबार, १० पुस २०८१, १२ : १५ मा प्रकाशित

भूगर्भ सिमेन्टले आईपीओ जारी गर्ने

 भूगर्भ सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ । 

कम्पनीको सभापुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान १० बजे बस्नेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

साथै कम्पनीको प्रबन्धपत्र तथा  नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र दुई जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको