Like us!
Follow us!
Connect us!
Watch us!

दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासनको तयारी गर्दै, वार्षिक साधारणसभा बोलायो

अर्थ संसार

आइतबार, १४ पुस २०८१, ०९ : ५५ मा प्रकाशित

दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासनको तयारी गर्दै, वार्षिक साधारणसभा बोलायो

दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने घोषणा गरेको छ। यससँगै, कम्पनीले आफ्नो सातौं वार्षिक साधारणसभा समेत बोलाएको छ।

साधारणसभा पुस १८ गते चितवनको होटल स्टार, रत्ननगर नगरपालिका १ मा दिउँसो साढे २ बजे बस्नेछ।

यस सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने योजना बनाएको छ। साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित हुने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको