यतिबेला कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्दै साधारणसभा बोलाइरहेका छन् । पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा व्यवस्था छ । सोहीअनुसार कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दै साधारणसभा बोलाएका हुन् ।
कम्पनीहरुले लाभांश घोषणा गरिसकेपछि साधारणसभाअघि नै बुक क्लोजको मिति तय गर्छन् । त्यहीं बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारणसभामा भाग लिने हक रहन्छ । यसअनुसार अझै पनि २७ कम्पनीको सेयर खरिद गर्नेले लाभांश पाउने छन्। लाभांश पाउनका लागि बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड वा खरिद गरेको हुनुपर्छ ।
सोमबार कारोबार बन्द हुने भएकाले तीन बैंकसहित सात कम्पनी छिमेक लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीकोे लाभांश पाउनका लागि आजसम्म सेयर खरिद वा होल्ड गरेकाहरू हकदार रहन्छन् ।
यी कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश
कृषि विकास बैंकको सेयर खरिद गर्दा ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् । बैंकले वार्षिक साधारण सभा प्रयोजनार्थ पुस १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश पाउन सक्नेछन् । बैंकको बुकक्लोज मिति पुस १७ गते रहेको छ ।
यस्तै,लुम्बिनी विकास बैंकले घोषणा गरेको ३ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश प्राप्त गर्नको लागि पुस १८ गतेसम्म सेयर खरिद गर्न सकिने छ । यस बैंकले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यस्तै, गरिमा विकास बैंकको ५ प्रतिशत नगद लाभांश, ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस सेयर र ०.३ प्रतिशत नगद लाभांश, सांग्रीला विकास बैंकको ३.६५ प्रतिशत बोनस र ०.१९ प्रतिशत नगद लाभांश पाउन सकिनेछ । महालक्ष्मी विकास बैंकको कुल ७ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.१० प्रतिशत, आइसीएफसी फाइनान्सको ५.२६ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने भएको छ ।
यो अवधिसम्म आत्मनिर्भर लघुवित्तको १४.९० प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको १५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ८ प्रतिशत, डिप्रोक्स लघुवित्त र कालिका लघुवित्तको १० प्रतिशत लाभांश पाउन सक्नेछन् ।
त्यस्तै, छिमेक लघुवित्तको १५ प्रतिशत, साना किसान लघुवित्तको १५ प्रतिशत, जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत र सूर्योदय वोमी लघुवित्तको ६.९६ प्रतिशत लाभांश पाउने सकिनेछ ।
कालिका पावर कम्पनीले प्रस्ताव गरेको ७.३६ प्रतिशत लाभांश पुस १८ गतेसम्म कायम सेयर धनीले पाउनेछन् । साथै, बुटवल पावरले पाँच प्रतिशत, चिलिमे हाइड्रोपावरले १२ प्रतिशत र युनाइटेड इदी मर्दीले ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यस अवधिमा नागरिक लगानी कोषको १५ प्रतिशत लाभांश, शिवम् सिमेन्टको ९ प्रतिशत, बोटलर्स नेपाल तराईको ५० प्रतिशत र हिमालयन डिस्टिलरीको २० प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस