Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सले संस्थापक समूहका लागि १.४ लाख कित्ता सेयर बिक्री खुला

अर्थ संसार

सोमबार, १५ पुस २०८१, ०८ : ३१ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सले संस्थापक समूहका लागि १.४ लाख कित्ता सेयर बिक्री खुला

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका लागि १ लाख ४० हजार कित्ता सेयर बिक्री खुला गरेको छ।

संस्थाले प्रतिकित्ता न्यूनतम २८० रुपैयाँका दरले सेयर बिक्री गर्न लागेको हो। यो सेयरमा केवल संस्थापक व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन संस्थाको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा दिन सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको