हुलास आइरण इण्डस्ट्रीज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने योजना बनाएको छ।
कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव राख्दै आगामी वार्षिक साधारणसभा बोलाएको छ।
यस सभा पुस २५ गते बिहान ११ बजे हामा आइरण बिल्डिङ, कमलादी, काठमाडौंमा हुनेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक रिपोर्ट र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरणहरूको छलफल र पारित गर्ने प्रक्रिया हुनेछ। साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर पारिश्रमिक निर्धारण गर्ने, र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरिने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस