नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिबेदन माथी छलफल गरेर अन्तिम रूप दिने लगायतका अजेन्डा रहेको थियो ।
भोली देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजेवाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोली बिहान ८ बजे बस्ने भएको छ ।
स्थानिय तहको उपनिवार्चन परिणामवाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लडने घोषणा गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस