राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।
अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जना विरुद्ध मुद्दा दर्ता गराएको हो । लामिछानेलाई पनि मुख्य अभियुक्त बनाइएको छ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालय बुझाएको थियो ।
अभियुक्तहरुमा ओखलढुंगाका गितेन्द्र बाबुराई सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लामिछाने पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जना छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस