पछिल्लो समय बैंकिङ् निक्षेप घट्दा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकको पुष १८ गतेको तथ्यांकअनुसार बैंकिङ् प्रणालीमा ६६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ ।अघिल्लो दिन बैंकिङ् प्रणालीमा ६६ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समय (पुष १८ गते) सम्ममा वाणिज्य बैंकहरुले ५९ खर्ब ३७ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो दिन पुष १७ गते वाणिज्य बैंकहरुले ५९ खर्ब ४१ अर्ब संकलन गरेका थिए ।
यो अवधिमा कर्जा प्रवाहमा पनि सामान्य सुधार देखिएको छ । पुष १७ गते ५३ खर्ब ६२ अर्ब कर्जा प्रवाह भएकोमा पुष १८ गते ५३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाहमा पनि बढेको छ । पुष १७ गते ४७ खर्ब ५० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले १८ गते ४७ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेका छन्।
बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । तर, अहिले बैंकमा तरलता अधिक हुन थालेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.०६ प्रतिशत झरेको छ । त्यस्तै,यो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जामा सामान्य सुधार देखिए पनि सोचेअनुसार कर्जाको परिचालन भने हुन सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा लामो समयदेखि अधिक तरलताको समस्या रहेको छ । राष्ट्र बैंकलाई पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस