सेयर बजारमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको छन् । हालसम्म १४७ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।
सार्वजनिक सूचनाका आधारमा यो बर्ष ४२ कम्पनीले १० प्रतिशतभन्दा धेरै लाभांश दिएका छन् । यो वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिनेमा वाणिज्य बैंकहरुमा ५ कम्पनी मात्रै छन् । माइक्रोफाइनान्समा १५ कम्पनी छन् । विकास बैंकमा २ कम्पनी छन् । त्यस्तै ९ हाइड्रोपावर, २ होटल, ३ इन्भेस्टमेन्ट कम्पनी र ६ उत्पादनमूलक कम्पनी छन् ।
नेप्सेमा सूचीकृत कम्पनीहरूले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा सम्पन्न गरिसकेका केही कम्पनीले भने लगानीकर्तालाई डिम्याट खातामा बोनस सेयर पठाइसकेका छन् । बाँकी रहेका कम्पनीमध्ये अधिकांश कम्पनीले साधारणसभा पुस मसान्तभित्र बोलाएका छन्
यी हुन् १० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनी
स्टान्डर्ड चार्टर्डले ६.५ प्रतिशत बोनस र १९ प्रतिशत नगद गरेर कुल २५.५ प्रतिशत लाभांश वितरण गरेको छ ।
एभरेष्ट बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरेर कुल १५.५३ प्रतिशत लाभांश वितरण गरेको छ । भने कृषि विकास बैंकले ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद गरेर कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । एसबीआई बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद गरेर कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्दा नबिल बैंकले भने १० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।
त्यस्तै, कामना सेवा विकास बैंकले ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरेर कुल १२ प्रतिशत,मितेरी विकास बैंकले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरेर कुल १० प्रतिशत ग्रीन भेन्चरले १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद गरेर कुल १०.५२ प्रतिशत लाभांश वितरण गरेको छ ।
यस्तै लघुवित्ततर्फ आत्मनिर्भर लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ नगद लाभांश गरेर कुल १५ प्रतिशत, नेस्डो समृद्ध लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ नगद लाभांश गरेर कुल १५ प्रतिशत,डिप्रोक्स लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ नगद लाभांश गरेर कुल १० प्रतिशत,कालिका लघुवित्तले ९.५प्रतिशत बोनस र ०.५ नगद लाभांश गरेर कुल १० प्रतिशत,मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत, छिमेक लघुवित्तले ८ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत,सानाकिसान लघुवित्तले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश गरेर कुल १४ प्रतिशत लाभांश वितरण गरेको छ ।
जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस र ०.७३ प्रतिशत नगद लाभांश गरेर कुल १४.७३ प्रतिशत, नेसनल लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत,सपोर्ट लघुवित्तले १३.७७ प्रतिशत बोनस र ०.७२ प्रतिशत नगद लाभांश गरेर कुल १४.५ प्रतिशत,आरएसडीसी लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत,फरवार्ड लघुवित्तले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश गरेर कुल १४ प्रतिशत,स्वाबलम्बन लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत,आशा लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत,गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ ।
चिलिमे हाइड्रोपावरले १० प्रतिशत बोनस र २ प्रतिशत नगद गरेर कुल १२ प्रतिशतसानिमा माइ हाइड्रोपावरले १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद गरेर कुल १०.५२ माउन्टेन इनर्जीले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरेर कुल १५.७८ प्रतिशत,कुथेली बुखरी हाइड्रोपावर १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद गरेर कुल १०.५२ प्रतिशत लाभांश वितरण गरेको छ । रुरु हाइड्रोपावरले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरेर कुल १५.७८ प्रतिशत,भगवती हाइड्रोपावरले ४ प्रतिशत बोनस र १०.७३ प्रतिशत नगद गरेर कुल १४.७३ प्रतिशत लाभांश वितरण गरेको छ । माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश मात्रै, सुपरमाइ हाइड्रोपावरले ७ प्रतिशत बोनस र ५.६३ प्रतिशत नगद लाभांश गरेर कुल १२.६३ प्रतिशत तारागाउँ रिजेन्सी होटलले ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।
यसैगरी सोल्टी होटलले १० प्रतिशत बोनस र २६.८ (१० को) प्रतिशत नगद लाभांश गरेर कुल ३६.८ प्रतिशत,नागरिक लगानी कोषले ७ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश गरेर कुल १३ प्रतिशत लाभांश वितरण गर्दा सीईडीबी होल्डिङले ११ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको छ । हाथवे इन्भेस्टमेन्टले १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद लाभांश गरेर कुल १०.५२ प्रतिशत,सर्वोत्तम सिमेन्टले ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत, हिमालयन डिस्टिलरीले १५ प्रतिशत बोनस र ५ नगद लाभांश गरेर कुल २० प्रतिशत,बोटलर्स नेपाल तराईले ५० प्रतिशत नगद लाभांश मात्रै,युनिलिभर नेपालले पनि १७१४ प्रतिशत नगद लाभांश मात्र, नेपाल ल्युब आयल २० प्रतिशत बोनस र ५ नगद लाभांश गरेर कुल २५ प्रतिशत,नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस