Like us!
Follow us!
Connect us!
Watch us!

फेरि पनि बिकेन सूर्यज्योतिको संस्थापक सेयर,मूल्य घटाएर चौथो पटक लिलामीमा

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १७ : ३८ मा प्रकाशित

फेरि पनि बिकेन सूर्यज्योतिको संस्थापक सेयर,मूल्य घटाएर चौथो पटक लिलामीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा भएको एनआईसी एसिया बैंकको तीन लाख कित्ता संस्थापक सेयर बिक्री हुन नसकेको देखिएको छ । 

त्यसपछि कम्पनीले थप मूल्य घटाएर चौथो पटक प्रस्ताव आह्वान गरेको छ । कम्पनीले शुक्रबार एक सुचना जारी गर्दै प्रतिकित्ता न्यूनतम १५० रुपियाँमा ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने बताएको छ । 

त्यसमा इच्छुक लगानीकर्ताले आगामी साउन ३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । पहिलो र दोस्रो पटक प्रतिकित्ता २१० रुपियाँ लिलामीमा समेत बिक्री नभएपछि तेस्रो पटक १६२  रुपियाँमा लिलामी मार्फत बिक्रीमा गरिएको थियो । 

तर, उक्त सेयर बिक्री नभएपछी थप १२ रुपियाँ मुल्य घटाएर प्रतिकित्ता १५० रुपियाँमा सेयर बिक्री गर्ने गरि शुक्रबार बोलपत्र आह्वान गरिएको हो । एनआईसी एसिया बैंकले कम्पनीमा भएको उक्त संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया गत बैशाखमै अघि बढाएको थियो ।

पहिलो पटक गत बैशाख २० गते संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी लिलामीमा राखिएको थियो । सो प्रक्रियामा कुनै पनि संस्थापकहरुले उक्त सेयर किन्न मानेनन् । दोस्रो पटक २०८१ असार ४ गते  बिक्रीमा राखिएको थियो । तेस्रोपटक २०८१ असार १६ गते सर्वसाधारण जोसुकैले आवेदन दिन पाउने गरी सूर्यज्योति लाइफको संस्थापक सेयर लिलामीमा राखिएको  थियो । तर पनि उक्त सेयर किन्न कसैले पनि चासो नदेखाएपछी न्यूनतम मुल्यमा १२ रुपियाँ घटाएर पुनः प्रस्ताव आह्वान गरिएको हो ।

6691199f18d1e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको