Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १२ : १७ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

सूर्यज्योति लाइफ इन्स्योरेन्सले २० हजार २१४ कित्ता सेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए पश्चात कम्पनीका विद्यमान संस्थापकलाई उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक २१ गते) ले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौंमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम सर्वसाधारणलाई सेयर बिक्री खुला गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको