Like us!
Follow us!
Connect us!
Watch us!

११ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, ११ : ३२ मा प्रकाशित

११ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा,प्रतिसेयर आम्दानी कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रमुख सूचकहरूमा सुधार भएको विवरणसहित आफ्नो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको विवरण अनुसार, कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।

प्रकाशित विवरणअनुसार कम्पनीले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो आर्थिक वर्षमा ११ करोड ५३ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि गत वर्षको असोज मसान्तसम्म २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा १८.७४ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार पनि ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँबाट २१.६० प्रतिशतको वृद्धि सहित ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ कायम भएको छ।कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँबाट बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ९.२० रुपैयाँबाट बढेर ९.७८ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ सञ्चिति रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको