Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु

अर्थ संसार

सोमबार, २९ पुस २०८१, ११ : ४३ मा प्रकाशित

रवि लामिछानेको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस सुरु भएको हो।

न्यायाधीश अधिकारीको इजलासमा आइतबार रविको बयान भएको थियो । आइतबार बयानमात्र भएपछि रविलाई उनलाई न्यायिक हिरासतमा पठाइएको थियो। अहिले रविलाई अदालतमा लगेर थुनछेक बहस सुरु गरिएको हो । 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गोर्खा मिडियाबाट खर्च गर्दा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई यो मुद्दामा प्रतिवादी बनाइएको छ। यसअघि कास्कीको मुद्दामा लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको