Like us!
Follow us!
Connect us!
Watch us!

मैले दल फुटाउन अध्यादेश ल्याएको होइन : प्रधानमन्त्री ओली

अर्थ संसार

सोमबार, २९ पुस २०८१, १३ : ५८ मा प्रकाशित

मैले दल फुटाउन अध्यादेश ल्याएको होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

उनले भने, ‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । त्यो अध्यादेश त हामीले दिउँसै तयार गरेको हौं।’

प्रधानमन्त्री ओलीले आफूले जीवनभर स्वयंसेवीको रूपमा काम गर्दै आएको बताउँदै काम गर्दै जाँदा कतिपय कामको सेड्युल राति पुग्ने गरेको र त्यसलाई अनर्थ लगाउँदै भ्रम छर्ने काम भएको समेत बताए । उनले यसमा पत्रकारहरू पनि सचेत हुनुपर्ने बताए । ओलीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार विरोधी अभियानमा रहेको समेत बताए ।  उनले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको बताउँदै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए । आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए । 

उनले भने ‘पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढेको छ । स्विस बैंकमा मेरो पैसा छ भन्ने गलत हल्ला चलाइयो । त्यो छानबिन गर्ने हो भने सरकारी स्तरबाटै पनि छानबिन गर्न तयार छु । त्यसका लागि समिति नै बनाउन तयार छु । त्यसरी हल्ला फैलाउने काम गर्नु गलत हो । यस्ता विषयमा पत्रकारहरू पनि सचेत हुनुपर्छ ।’  

महासङ्घ नेतृत्वले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।  ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यसलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको