बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।
यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जना प्रतिवादी पुगेका छन् ।
लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । मुद्दा दर्ता भएसँगै अब लामिछाने रुपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ ।
लामिछानेविरुद्ध सहकारी ठगी करणमा तेस्रो अदालतमा मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो भने उनी धरौटीमा रिहा भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस