Like us!
Follow us!
Connect us!
Watch us!

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा: सेयरधनीको हात यसपटक खाली

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, ०९ : ०३ मा प्रकाशित

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा: सेयरधनीको हात यसपटक खाली

श्रीजनशील लघुवित्तको वार्षिक साधारण सभा माघ २७ गते बस्ने भएको छ। यस सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश नगरिएकाले यसपटक कम्पनीका सेयरधनीको हात खाली रहनेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान विवरणमा छलफल हुने छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत एजेन्डामा समावेश गरिएको छ।

कम्पनीले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि राखेको छ।

सभाको प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, माघ १७ गतेसम्म कायम रहने सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्। सभा बिहान ९ बजे होटल पावन मिथिला थाली प्रा.लि., गोलबजार-६ मा सुरु हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको