पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् ।
मंगलबार नै भैरहवा पुगेका लामिछाने आज कार्यालय समयमै अदालतमा उपस्थित हुने रास्वपाले जानकारी दिएको छ ।
लामिछानेको बयान छिट्टै सकिए थुनछेक बहससमेत आज नै हुनेछ। बहस सकिनासाथ अदालतले लामिछानेलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछ।
सुप्रिम सहकारी ठगीमा लामिछानेसहित २२ जनाविरुद्ध गत आइतबार जिल्ला अदालत रूपन्देहीमा पूरक अभियोग दर्ता भएको थियो। लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस