रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन्।
अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगीविरुद्ध मुद्दा दायर भएपछि बयानका लागि उनी मंगलबार भैरहवा पुगेका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले गत आइतबार जिल्ला अदालत रुपन्देहीमा मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा छ । लामिछाने बिहीबार ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस