पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिरवि लामिछानेको बहस रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको छ ।
रुपन्देही जिल्ला अदालतका अनुसार उक्त मुद्दाको मिसिल अध्ययन भइरहेको छ । केहीबेरपछि इजलासमा बयान सुरु हुनेछ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।
लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए ।
बयानपछि रविविरुद्धको मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायाधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहु गर्ने छन् ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिस्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने तयारी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस