सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेको बयान सकिएको छ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा रविको बयान भएको हो । बयान आज नै सुरु भएको थियो। आज लामिछानेको बयान सकिएको र भोलिदेखिमात्रै थुनछेक बहस हुने बताइएको छ ।
थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छोड्ने, धरौटी माग्ने वा पुर्पक्षमा पठाउने आदेश हुनेछ।
गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने माघ २ गते काठमाडौं अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस