सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन।
रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। आज जाहेरवालाका तर्फबाट दुई जना र अभियुक्त रवि लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका हुन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
उनीहरूको बहस नसकिएपछि अदालतले रविलाई आइतबार १० बजे पुनः उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस