नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र रुवाबासी चलेको बताएका छन् ।
दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दाहालले देशैभरि माओवादीप्रति आकर्षक बढेको जिकिर समेत गरे।
उनले भने, ‘अहिले माओवादी प्रवेश गर्ने लहर नै चलेको छ। ७७ जिल्लाबाट, जताततैबाट तपाईं आइदिनुपर्यो हाम्रोमा एक हजार एमालेबाट पार्टी प्रवेशको तयारी भयो। अर्को ठाउँमा सिंगो पार्टी नै माओवादीमा आउने भयो तपाईं आइदिनुपर्यो भन्छन्। ठूला नेताहरु पनि पार्टीमा प्रवेश गर्दैछन्। त्यो सबैतिर भएका छन्।’हाम्रो बैठक बसेकै बेलामा सरकारको नेतृत्व गरेको एमालेको पनि बैठक थियो। त्यहाँ कारवाही, रुवाबासी, भित्रभित्रै उकुसमुकुस, निरंकुशता, भीम रावल कारवाहीमा, विन्दा पाण्डे, उषाकिरण कारवाहीमा, उहाँहरुले अझै बढी बोल्यो भने थप कारवाही गर्छु भनेर ओलीले बोलेको सुन्नुभएकै होला।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस