Like us!
Follow us!
Connect us!
Watch us!

सुप्रिम सहकारी ठगी प्रकरण :रविको मुद्दामा सकियो बहस,आदेशको तयारी

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १६ : ५० मा प्रकाशित

सुप्रिम सहकारी ठगी प्रकरण :रविको मुद्दामा सकियो बहस,आदेशको तयारी

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ ।

रास्वपाका सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासमा बिहीबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिलहरूले, शुक्रबार जाहेरीतर्फका वकिल र प्रतिवादीका वकिलले बहस गरेका थिए । शुक्रबार बहस नसकिएपछि आज आइतबारका लागि पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।  जवाफी बहसपछि इजलास आदेशको तयारीमा रहेकाे छ ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको