नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ ।
एपपिओ बाँडफाँट भएको २३ दिनपछि कम्पनीको सेयर सूचीकृत भएको हो ।
सोमबार कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपिओ सूचीकृत भएको हो । उक्त एफपिओ भोलि अर्थात् माघ १५ गते मंगलबारदेखि नै कारोबारमा आउनेछ ।
कम्पनीको एफपिओ ४७ हजार ५ सय ५४ आवेदकले १० कित्ताका दरले हात पारेका थिए । त्यस्तै, ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस