Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई सभामुखको प्रश्न - तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १३ : १६ मा प्रकाशित

रविलाई सभामुखको प्रश्न -  तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बन कानुनसम्मत नभएको भन्दै आजकै संसद बैठकबाट फुकुवा गर्न सभामुखलाई निवेदन दिएका हुन्।

सभामुख घिमिरेले भने लामिछानेलाई विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।

उनले भने,‘ मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईँहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौँ ।’

रविले आफ्नो कुरा राखेपछि सभामुखले लामिछानेलाई ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ? भन्दै प्रश्न गरेपछि रविले कानून व्यवसायीलाई स्पष्ट पार्न भने ।

सभामुखलाई भेट्न रास्वपाका १५ जना सांसदहरु संसद सचिवालय पुगेका थिए । रवि प्रवेश गर्नेवित्तिकै सभामुखले तपाईँको स्वास्थ्य के छ भनेर सोधेको संसद सचिवालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको