Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारणसभा फागुन १५ गते, सेयरधनीका हात रित्तै

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, ०८ : १३ मा प्रकाशित

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारणसभा फागुन १५ गते, सेयरधनीका हात रित्तै

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारणसभा फागुन १५ गते आयोजना हुने भएको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले साधारणसभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट गर्ने निर्णय गरेको हो।

सभामा नियमनकारी निकाय वा सम्बन्धित कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, संस्थापक समूहबाट ४ जना तथा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गरिनेछ। यसअघि ३७औँ वार्षिक साधारणसभामा समेत सञ्चालक चयनको प्रस्ताव राखिएको थियो, तर सर्वोच्च अदालतको आदेशका कारण निर्वाचन प्रक्रिया स्थगित भएको थियो।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

यस वर्ष बैंकले सेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ, जसका कारण सेयरधनीहरूलाई कुनै प्रतिफल प्राप्त नहुने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको