Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा छैन सुधार: नाफा अझै घट्दा वितरणयोग्य नाफा ऋणात्मक

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, ०९ : ०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा छैन सुधार: नाफा अझै घट्दा वितरणयोग्य नाफा ऋणात्मक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरण अनुसार बैंकले खुद नाफा बढाउन नसकेको देखिएको छ। 

खुद नाफा घट्यो 

बैंकले यस आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा घटाएको छ।  गत वर्षको सोहि अवधिको तुलना यो नाफा ३.८२ प्रतिशतले घटेको हो। यो वर्षको पहिलो ३ महिनामा बैंकले केबल १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष बैंकले यसै अवधिमा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घट्यो 

बैंकको नाफा बढ्न नसक्नुको फ्याक्टर बनेको छ खुद ब्याज आम्दानी।  बैंकले  समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशत घटेको छ।  गत वर्षको पहिलो तीन महिनामा ४ अर्ब १६ करोड आम्दानी रहेको बैंकले यो वर्ष ४ अर्ब पनि खुद ब्याज आम्दानी पुर्याउन सक्ने। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोडमा सिमित बनेको छ। बैंकले खुद फि तथा कमिशन आम्दानी ३०.०९ प्रतिशतले बढाएको छ। 

कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा दुवै घट्यो

गत वर्षको तुलनामा बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.५० प्रतिशत र सञ्चालन मुनाफा १९.९६ प्रतिशत घटेको छ।सञ्चालन मुनाफा २ अर्ब ९ करोडमा सिमित बनेको छ बैंक। 

खराब कर्जा अनुपात
१.८६ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ। 

वितरणयोग्य नाफा
२५ अर्ब १० करोड ५२ लाख रुपैयाँ ऋणात्मक

प्रति सेयर आम्दानी
१७ रुपैयाँ १६ पैसामा सीमित

प्रति सेयर नेटवर्थ
१८४ रुपैयाँ ३३ पैसा

मूल्य आम्दानी अनुपात
१४.८० गुणा

चुक्ता पूँजी
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ

निक्षेपमा कुल ४ खर्ब ३३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ उठाएर बैंकले  ३ खर्ब २४ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको