नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो मुख्य बैंकिङ प्रणाली (कोर बैंकिङ सिस्टम) स्तरोन्नति गर्न लागेकाे छ। ग्राहकहरूलाई सुरक्षित, प्रभावकारी, र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यसहित बैंकले हाल प्रयोग गरिरहेको Finacle Core Banking Solution Version 7.0.25 लाई Finacle Core Banking Solution Version 10.2.25 मा अपग्रेड गर्ने निर्णय गरेको हो।
यो स्तरोन्नतिको क्रममा केही सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने बैंकले जानकारी गराएको छ। मिति २०८१ मंसिर २९ गते शनिबारदेखि २०८१ मंसिर ३० गते आइतबारसम्म, र २०८१ पौष १ गते सोमबार मध्यरात १२ बजेदेखि बिहान ४ बजेसम्म, बैंकका हॉलिडे काउन्टर, चेक क्लियरिङ, नगद सेवा, साथै एटीएम, मोबाइल बैंकिङ र डिजिटल बैंकिङ सेवा प्रभावित हुन सक्नेछन्।
बैंकले अन्य समयहरूमा सेवाहरू सुचारु रहने र स्तरोन्नतिपछि ग्राहकहरूलाई थप सुरक्षित, सरल, र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस प्रक्रियाका कारण सेवामा पर्न सक्ने असुविधाप्रति बैंकले आफ्नो ग्राहकहरूसमक्ष क्षमायाचना गरेको छ र थप जानकारी वा सहयोगका लागि बैंकको हेल्पडेस्क र सम्पर्क नम्बर प्रयोग गर्न अनुरोध गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस