Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा माघ २६ मा, लाभांश बिना सेयरधनी हात खाली

अर्थ संसार

बुधबार, २३ माघ २०८१, ०८ : २६ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा माघ २६ मा, लाभांश बिना सेयरधनी हात खाली

उन्नति सहकार्य लघुवित्तको माघ २६ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन त्यसैले कम्पनीका सेयरधनीको हात खाली हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

सभा प्रयोजनको लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।
सभा, होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा बिहान ११ बजे सुरु हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको