नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालीझेली र ढाँटछल अरु कसैले गर्न नसक्ने बताएका छन् ।
म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले भने, ‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।’
उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि कांग्रेस-एमालेका ठूला नेताहरु पर्ने देखेपछि रातारात मिलेको दाबी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस