नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ २४ गते समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।
यस समायोजन अन्तर्गत नेप्सेले लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको छ। समायोजनपछि लघुवित्तको सेयरमूल्य ८७६ रुपैयाँ १९ पैसा कायम गरिएको छ। समायोजनको आधार अघिल्लो कारोबार दिन अर्थात् बुधबारको अन्तिम मूल्य ९२० रुपैयाँ लिइएको हो। अब यही समायोजित मूल्यलाई आधार मान्दै दोस्रो बजारमा सेयर कारोबार हुनेछ।
यसैबीच, लघुवित्तले फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा आफ्नो एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान साढे ११ बजे सुरु हुनेछ।
सभामा निम्न प्रस्तावहरु पारित गरिनेछन्:
✅ ५% बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.२६३१५७९०% नगद लाभांश वितरण।
✅ सेयर पूँजी संरचना अनुपात संशोधन।
✅ मर्जर तथा एक्विजिशन सम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अधिकार प्रदान।
✅ प्रबन्धपत्र तथा नियमावली संशोधन।
✅ संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन।
✅ नयाँ लेखापरीक्षकको नियुक्ति।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस