Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको मुद्दामा आजको थुनछेक बहस सुरु

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १० : ४५ मा प्रकाशित

रवि लामिछानेको मुद्दामा आजको थुनछेक बहस सुरु

जिल्ला अदालत चितवनमा रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित भएका छन् । 

अहिले बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्नेछन् । त्यसपछि रविपक्षका वकिलहरूले बहस गर्नेछन् ।बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ।

हिजो रविको बयान लिएर बहस सुरु गरिएको थियो । हिजो थुनछेक नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको