Like us!
Follow us!
Connect us!
Watch us!

केबलकार निर्माण विवाद -: विथोलियो सरकारसँगको वार्ता,अर्को चरणको आन्दोलनको तयारी

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १५ : ३७ मा प्रकाशित

केबलकार निर्माण विवाद -: विथोलियो सरकारसँगको वार्ता,अर्को चरणको आन्दोलनको तयारी

ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार विषयमा समाधानको उद्देश्यले विस्तृत छलफल गर्न बसेको सरकार र आन्दोलनकारीबिचको बैठक विथोलिएको छ । 

यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता  छलफल विषयमा प्रवेश नगरीकनै टुंगिएको आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताले जानकारी दिए । अन्तरदलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले अब मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ । 

समितिले कर्मचारीस्तरीय वार्ताबाट समस्या समाधान नहुने भएकाले अब वर्तमान सरकारी वार्ता समितिसँग वार्ता नगर्ने निष्कर्ष निकालेको मेहताले बताए ।

यससँगै अहिलेको सरकारी समिति भङ्ग भएको भन्दै मेहताले अब उच्च स्तरीय वार्ता समिति गठन नगरे भोलिदेखि अर्को चरणको आन्दोलन हुने बताए । 

पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको