Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १५ भदौ २०८२, ०८ : १३ मा प्रकाशित

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि खुलाएको प्राथमिक शेयर (IPO) मा आवेदन दिने अन्तिम दिन आज, भदौ १५ गते, तोकिएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर उपलब्ध गराएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट लिमिटेड रहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई प्राथमिक शेयर वितरण गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। स्वीकृतिसँगै कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता (५८ करोड ६० लाख रुपैयाँ बराबर) शेयर सार्वजनिक गर्ने तयारी गरेको हो।

हाल कम्पनीले तनहुँमा केवलकार र होटल व्यवसाय सञ्चालन गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको