Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केबलकारको आजदेखि आईपीओ खुला, कसले दिन सक्छन आवेदन?

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, ०७ : ३२ मा प्रकाशित

बन्दीपुर केबलकारको आजदेखि आईपीओ खुला, कसले दिन सक्छन आवेदन?

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज सोमबार (साउन ६ गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन थालेको छ।

कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजनाबाट प्रभावित स्थानीयवासीहरूलाई लक्षित गर्दै ५ लाख ५६ हजार कित्ता शेयर छुट्याएको छ। यो समूहमा तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडा, आबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिकाको वडा नम्बर १, र गोरखा जिल्लाको पालुंगटार नगरपालिकाको वडा नम्बर ७ का बासिन्दाले आवेदन दिन पाउने छन्।

स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा साउन २० गतेसम्म तोकिएको छ। तर तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन म्याद भदौ ४ गतेसम्म लम्ब्याइन सकिनेछ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रही श्रम स्वीकृति लिएका नेपालीहरूका लागि ५ लाख २९ हजार ४ सय कित्ता शेयर निष्काशन गरिएको छ। यो समूहले पनि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछ। यस समूहको आवेदन म्याद साउन ९ गतेसम्म कायम गरिएको छ।

दुवै समूहका लागि सेयर बिक्री प्रवन्धकको भूमिका नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले निर्वाह गरिरहेको छ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता, अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने तयारीमा छ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले तनहुँको डुम्रे बजार नजिकै रहेको केवलकारचोकबाट बन्दीपुर मन्दिरसम्मको एक हजार सात सय मिटर दूरीको केवलकार सेवा सञ्चालन गर्दै आएको छ। यो दुरी केवल ७ मिनेटमै पार गर्न सकिन्छ। साथै कम्पनीले होटलसमेत सञ्चालन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको