फागुनमा सार्वजनिक बिदा ४ दिन परेको छ । फागुनको ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, १४ गते महाशिवरात्रि, १६ गते ग्याल्पो ल्होसार र २९ गते फागु पूर्णिमा/होलीमा सार्वजनिक बिदा दिइएको छ।
यी दिन बीमा कम्पनी, बैंक तथा सेयर बजारका साथै सम्पूर्ण सरकारी तथा सार्वजनिक संस्था बन्द रहनेछन्।
यो बाहेक शनिबार पनि ४ दिन नै परेको छ। सेयर बजार भने फागुनमा १७ दिनमात्र खुला रहनेछ। सेयर बजार सार्वजनिक बिदा ४ दिन, शुक्रबार ४ दिन र शनिबार ४ दिन गरेर १२ दिन बन्द रहनेछ। अरु क्षेत्र खेला रहे पनि शुक्रबार सेयर कारोबार हुँदैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस