Like us!
Follow us!
Connect us!
Watch us!

कालोसूचीमा परे १६ निर्माण कम्पनी,१ देखि ३ वर्षसम्म काम गर्न नपाउने

अर्थ संसार

मंगलबार, ०६ फागुन २०८१, १३ : २१ मा प्रकाशित

कालोसूचीमा परे १६ निर्माण कम्पनी,१ देखि ३ वर्षसम्म काम गर्न नपाउने

सरकारले १६ कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम तोकिएको अवधिमा पूरा नगरेपछि ती १६ कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। 

कार्यालयले १२ वटा कम्पनीलाई १ वर्ष, एउटा कम्पनीलाई डेढ वर्ष, दुईवटा कम्पनीलाई २ वर्ष र एउटा कम्पनीलाई ३ वर्ष अवधिका लागि कालोसूचीमा राखेको छ।  कालोसूचीमा परेका यी कम्पनीले तोकिएको अवधिभित्र अब कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको