Like us!
Follow us!
Connect us!
Watch us!

२७४३ अंकमा पुग्यो सेयर बजार, ८ अर्ब ६२ करोडको कारोबार

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १५ : ०८ मा प्रकाशित

२७४३ अंकमा पुग्यो सेयर बजार, ८ अर्ब ६२ करोडको कारोबार

नेप्से ३.१४ अकंले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडको सेयर कारोबार भएको छ ।

यसदिन चार उपसूचकमा हरियाली आएको छ । आज जीवन बीमा समूहको २.४२ प्रतिशत,व्यापार समूहको ३.७७ प्रतिशत, अन्य समूहको ०.५७ प्रतिशत र निर्जीवन बीमा समूहको ०.६४ प्रतिशतले सेयरमुल्य बढेको छ ।

आज ८१ कम्पनीको सेयरमुल्य बढेको छ भने १५८ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको