Like us!
Follow us!
Connect us!
Watch us!

सांसद पौडेलको प्रश्न - उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, १४ : १९ मा प्रकाशित

सांसद पौडेलको प्रश्न - उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विद्युत महशुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाए ।

सांसद पौडेलले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भने,‘काहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू ? दुधकोशी जलविद्यतुको सीईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? विद्युत नियमन आयोगले महशुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? कुलमान घिसिङलाई बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ? ’

त्यस्तै, उनले विद्युतको बक्यौता नतिर्नेलाई लाईन काटिनुपर्ने कुरा उठाए, तर महशुस तिर्ने ग्राहकको लाईन काटिएको भन्दै उनले यसमा आपत्ति जनाए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको