Like us!
Follow us!
Connect us!
Watch us!

बालेन र हर्क साम्पाङलाई मैले आफ्नै मान्छे ठान्छु : प्रचण्ड

अर्थ संसार

बुधबार, १४ फागुन २०८१, १२ : २१ मा प्रकाशित

बालेन र हर्क साम्पाङलाई मैले आफ्नै मान्छे ठान्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई आफ्नै ठान्ने बताएका छन् ।  

विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन शाह होस् वा हर्क साम्पाङ जो आएपनि केही फरक नपर्ने उनले बताए।

 उनले भने, ‘ हर्क साम्पाङ आए पनि केही फरक पर्दैन । बालेन आएपनि केही फरक पर्दैन । अरु आएपनि केही फरक पर्दैन । मैले न उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल भनिनैसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु ।’

उनले आफूहरूले संविधान बनाउने प्रत्यक्ष निर्वाचिन कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको स्मरण गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको